प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन : हर्क सम्पाङ – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन : हर्क सम्पाङ

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधि सभामा स्पष्टीकरण दिने विषयमा सहमति भएसँगै  प्रतिनिधिसभा बैठकको अवरोध हटेको छ । परराष्ट्रमन्त्री खनालले  स्पष्टीकरण दिने विषयमा विपक्षी दलहरु सहमत भएसँगै सभाको बैठक सुचारु भएको हो ।

तर प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री स्वयंले सभामा आएर स्पष्टीकरण दिनुपर्ने माग गरेको छ । अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री स्वयं उपस्थित भएर आफ्नो धारणा राख्नुपर्ने भन्दै अरू मन्त्रीमार्फत जवाफ दिनु न्यायसंगत तथा संविधानसम्मत नभएको बताए ।

उनले प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो धारणा लिखित रूपमा पठाउनुपर्ने धारणा राख्दै गल्ती एक जनाले गर्ने र अर्कोले त्यसको बचाउ वा सच्याउने अभ्यास स्वीकार्य नहुने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीज्यूले जवाफ दिनेकुरा सुन्नमा आएको छ । यसमा हाम्रो सहमति छैन । प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउने कुरा हो । हाम्रो माग अरु केही होइन । उहाँ यहाँ आउँदै नआउने, अरु कसैले स्पष्टीकरण दिने कुरा न्यायसंगत छैन, संविधानसम्मत छैन । उहाँको आफ्नो धारणा के हो त ? उहाँले यहाँ बोल्न आउनुभएन भने लिखित रुपमा धारणा पठाउनुपर्‍यो । नत्र एउटाले गल्ती गर्छ अर्कोले सच्याउने कुरामा हामी सहमत छैनौं ।’

प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको विवादित अभिव्यक्ति दिएका थिए । त्यसपश्चात विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठक अवरोध गर्दै आएका थिए ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८३ जेष्ठ २७, १५: ४९

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८३ जेष्ठ २७, १५: ४९

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८३ जेष्ठ २७, १५: ४९

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...