कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरु – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरु

कालीकोट : कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

भारत सरकारको करिब ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ हो ।

यस परियोजनाको कार्यान्वयन सान्नीत्रिवेणी गाउँपालिकामार्फत गरिने जानकारी दिइएको छ । शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे ।

नयाँ भौतिक पूर्वाधारको निर्माणसँगै विद्यार्थी र शिक्षकहरूका लागि गुणस्तरीय सिकाइ वातावरण सुदृढ हुने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले एक भिडियो सन्देशमार्फत यस परियोजनाका सम्पूर्ण सरोकारवालाहरूलाई शुभकामना व्यक्त गरे ।

राजदुत श्रीवास्तवले साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग सहकार्य गर्ने भारत सरकारको दृढ प्रतिबद्धतालाई पुनः दोहोर्‍याए ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत भारत सरकारले नेपालका सातै प्रदेश र ७४ जिल्ला समेट्ने गरी हालसम्म करिब ६ सय वटा परियोजनाहरू सञ्चालन गरिसकेको छ । जसमध्ये १८ वटा परियोजनाहरू कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा अवस्थित छन् ।

यसका अतिरिक्त, भारत सरकारले कर्णाली प्रदेशको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई हालसम्म ५६ वटा एम्बुलेन्स र १४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । यसमा कालीकोट जिल्लाले प्राप्त गरेका ४ वटा एम्बुलेन्स र २ वटा स्कुल बस समेत समावेश छन् ।

नजिकको छिमेकीको नाताले नेपाल र भारतबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गरी समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासमा यो परियोजनाले थप बल पुर्‍याउने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८३ जेष्ठ २९, ११: ४६

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८३ जेष्ठ २९, ११: ४६

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८३ जेष्ठ २९, ११: ४६

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...