बालेन र रविले घण्टी बजाएर गरे महाधिवेशन उद्‌घाटन – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

बालेन र रविले घण्टी बजाएर गरे महाधिवेशन उद्‌घाटन

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन उद्घाटन भएको छ ।

चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा सुरु भएको उक्त महाधिवेशनलाई पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले पार्टीको निर्वाचन चिन्ह घण्टी बजाएर उद्घाटन गरेका हुन् ।

महाधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांगेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लगायतका नेताहरु सहभागी भएका छन् ।

महाधिवेशनमा हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको भने सहभागिता भएको छैन ।

सम्बन्धित समाचार

मनसुन थप चार प्रदेशमा विस्तार
मनसुन थप चार प्रदेशमा विस्तार
  • २०८३ असार ७, १५: ४४

काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
  • २०८३ असार ७, १५: ४४

काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...

सुनचाँदीको मूल्यमा वृद्धि
सुनचाँदीको मूल्यमा वृद्धि
  • २०८३ असार ७, १५: ४४

काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...