मेरो पनि रास्वपाको जस्तै सपना थियो : डा. सीके राउत – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

मेरो पनि रास्वपाको जस्तै सपना थियो : डा. सीके राउत

काठमाडौँ : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रास्वपाले जस्तै आफूले पनि सपना देखेको टिप्पणी गरेका छन् । रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘तपाईंभित्र जुन देश बनाउने अठोट छ । देशमा केही समृद्धि आओस् भन्ने चाहना छ त्यसका लागि आउनुभएको हो,’ उनले भने, ‘त्यही चाहना म भित्र भएकाले पनि म शुभकामना दिन आएको हुँ । जुन सपना तपाईंहरूले देख्नुभएको थियो, त्यही सपना मैले पनि देखेको थिएँ ।’

उनले आफू रास्वपाको कुनै प्रतिस्पर्धी नभएको पनि बताए । ‘म कुनै प्रतिस्पर्धीको रुपमा होइन, सहयात्रीको रुपमा उपस्थित भएको छु,’ राउतले भने ।

उनले सभापति रवि लामिछानेको त्याग र तपस्याको खुलेर प्रशंसा गरे । अध्यक्ष राउतले सभापति लामिछाने र आफू एकै पटक संसदमा निर्वाचित भएको स्मरण गर्दै उनले चार वर्षमा रास्वपालाई जनताले दिएको झन्डै दुई तिहाइ बहुमत जनताको विश्वास रहेकाले जिम्मेवारी नबिर्सन आग्रह गरे ।

‘सङ्घीयतालाई बल्गर बनाउने जुन उद्घोष गर्नुभएको थियो, त्यो बाचा पुरा गर्नुस्’, उनले भने, ‘यदि हामी वाचा पुरा गरेनौ भने जनता र हावामा समानता छ । यो कसैको पनि हुँदैन ।’

सम्बन्धित समाचार

मनसुन थप चार प्रदेशमा विस्तार
मनसुन थप चार प्रदेशमा विस्तार
  • २०८३ असार ७, १६: ५१

काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
  • २०८३ असार ७, १६: ५१

काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...

सुनचाँदीको मूल्यमा वृद्धि
सुनचाँदीको मूल्यमा वृद्धि
  • २०८३ असार ७, १६: ५१

काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...