
काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपालाई नेपालमा राजा चाहिन्छ भन्नेहरुको पनि भोट रहेको बताएका छन् ।
गत निर्वाचनमा रास्वपालाई विश्वास गरेर राजावादीसहित अन्य पार्टीमा आस्थावानहरुले समेत भोट हालेको तर्क गरे ।
चितवनमा आइतबारदेखि सुरु भएको रास्वपा महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर भोट दिएको समेत दाबी गरे । उनले यही कारण रास्वपामाथि विशिष्ट जिम्मेवारी रहेको बताए ।
‘प्रधानमन्त्रीज्यू र सभापतिज्यूलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ,’ लिङ्देनले भने, ‘नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा तर राप्रपालाई नदिएर बालेनले राजा ल्याउँछ भनेर भोट दिने मान्छे पनि छन् ।’
काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...
काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...
काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...