सुनचाँदीको मूल्य घट्यो – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं :  स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा रु पाँच हजार २०० र चाँदी २५० ले घटेको हो । आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ निर्धारण भएको छ ।

बुधबार एक तोला सुनको मोल रु दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो ।  एक तोला चाँदीको मूल्य रु चार हजार ४८५  मा कारोबार भएको थियो । मंगलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ५९० मा खरिद बिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंश तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०८३ असार ११, ११: ३३

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८३ असार ११, ११: ३३

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८३ असार ११, ११: ३३

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...