
काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश दिएको छ ।
पौडेलकी श्रीमती दोमाया पौडेलेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । श्रीमतीले पक्राउ गर्नुपर्ने कानुनी आधार नरहेको भन्दै थुनाबाहिरै बसेर पुर्पक्षको माग बुधबार रिट दायर गरेकी थिइन् ।
प्रहरीले गत सोमबार जरुरी पक्राउ पुर्जीका आधारमा पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो । त्यसपछि मंगलबार विशेष अदालतले जरुरी पक्राउ पुर्जीको समर्थन गर्दै थप अनुसन्धानका लागि उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...