क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील सदस्यता वितरण र पुराना सदस्यताको अध्यावधिक कार्यलाई तीव्रता दिइएको बताएकी छन्।

धनकुटामा आयोजित नयाँ क्रियाशील सदस्यता वितरण तथा पुराना क्रियाशील सदस्यताको अध्यावधिक कार्यसम्बन्धी अनुगमन कार्यक्रममा बोल्दै सहमहामन्त्री संग्रौलाले कांग्रेस संगठनलाई थप सुदृढ र चलायमान बनाउन सदस्यता व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिइन्।

उनले पार्टीभित्र पूर्ण एकता कायम गर्दै नियमित कार्यतालिकाअनुसार महाधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको बताउँदै क्रियाशील सदस्यता वितरण र अद्यावधिक अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न जिल्ला तथा वडा तहका नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गरिन्।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेश सुब्बाले विशेष महाधिवेशनपछि पार्टी नयाँ ऊर्जा र उत्साहका साथ अघि बढिरहेको उल्लेख गर्दै संगठन विस्तार र सदस्यता अभियानले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

संविधानसभा सदस्य तथा कांग्रेस महासमिति सदस्य लिला सुब्बाले महिला र युवालाई विशेष प्राथमिकतामा राखेर नयाँ क्रियाशील सदस्यता वितरण तथा पुराना सदस्यताको अध्यावधिक कार्य अघि बढाइएको बताइन्। उनले आगामी नेतृत्व निर्माण तथा संगठन सुदृढीकरणमा युवा र महिलाको सहभागिता बढाउनु आवश्यक रहेको धारणा राखिन्।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोष राईले जिल्लामा भइरहेको नयाँ क्रियाशील सदस्यता वितरण र अध्यावधिक अभियानको प्रगति विवरण प्रस्तुत गरेका थिए। उनले वडा तहसम्म अभियानलाई प्रभावकारी बनाइएको र सदस्यता व्यवस्थापन कार्य निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए।

कार्यक्रमको स्वागत मन्तव्य नेपाली कांग्रेस धनकुटाका सहसचिव रोशन श्रेष्ठले राखेका थिए।

अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा महासमिति सदस्य सुमना तिम्सिना, जिल्ला कार्यसमितिका सहसचिव गिरिजाप्रसाद दाहाल, कोषाध्यक्ष सरस्वती मगर, जिल्ला कार्यसमिति सदस्यहरू रमेश बस्नेत र रविन्द्र नेपाली, निर्वाचित वडाध्यक्षहरू धनकुमार राई, नगेन्द्र पाण्डे, मिनबहादुर कार्की र बुद्धिकान्त घिमिरेलगायतले सदस्यता वितरण अभियानलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए।

त्यसैगरी नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाका जिल्ला अध्यक्ष राजेश्वरराज श्रेष्ठ, वरिष्ठ जिल्ला उपाध्यक्ष दामोदरप्रसाद सुवेदी, कार्यपालिका सदस्य कृष्णमाया श्रेष्ठ, नेपाल महिला संघ धनकुटाकी सचिव संगीता चापागाईं, सहसचिव जानुका सुन्दास तथा विभिन्न वडा समितिका सभापति र सदस्यहरूले पनि सदस्यता वितरण तथा अध्यावधिक प्रक्रियालाई सहज, पारदर्शी र समावेशी बनाउनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा धनकुटा नगरपालिकाका निर्वाचित जनप्रतिनिधि, कांग्रेसका स्थानीय नेता–कार्यकर्ता तथा विभिन्न तहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष संजय सन्तोषी राईसहित सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।

नेपाली कांग्रेसले हाल १८ देखि ३५ वर्ष उमेर समूहका युवा तथा महिलालाई विशेष प्राथमिकतामा राख्दै वडा–वडामा नयाँ क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गरिरहेको जनाएको छ। पार्टीले आगामी महाधिवेशनलाई लक्षित गर्दै संगठन विस्तार, सदस्यता अद्यावधिक र नयाँ सदस्य भित्र्याउने अभियानलाई देशव्यापी रूपमा अघि बढाएको छ।

जिल्ला सचिव विजय सन्तोष राईको संयोजकत्वमा सम्पन्न अनुगमन कार्यक्रमले सदस्यता वितरण र अध्यावधिक अभियानलाई थप व्यवस्थित, प्रभावकारी तथा परिणाममुखी बनाउन आवश्यक सुझावहरू संकलन गरेको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८३ असार ११, १९: ५९

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८३ असार ११, १९: ५९

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...

सुकुम्वासीको चेतावनी- उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्राे हाल्छौं
सुकुम्वासीको चेतावनी- उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्राे हाल्छौं
  • २०८३ असार ११, १९: ५९

काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू सरकारको पछिल्लो व्यवहारविरुद्ध आन्दोलित भएका...