आमरण अनशनरत डाक्टर गाेविन्द केसी काठमाडाै आउँदै – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

आमरण अनशनरत डाक्टर गाेविन्द केसी काठमाडाै आउँदै


नयाँ विकल्प,


काठमाडाैं- जुम्लामा सत्याग्रहमा रहेका डा. गोविन्द केसी काठमाडौ फर्किँदै छन् । तर आफ्नो माग पुरा नभएसम्म सत्याग्रहलाई निरन्तरता दिने बताएका छन् ।

केसीले दुई वर्षअघिको घटना नदोहोरियोस् भनेर काठमाडौं फर्किँदै छु भनेका छन् । दुइ वर्षअघि जुम्लामा अनसनमा रहेका डाक्टर केसीलाइ काठमाडाैं ल्याउने विषयमा भएकाे झडपमा प्रहरीले दर्जनाैं चिकित्सक र स्थानीयलाइ कुटपीट गरी घाइते बनाएकाे र गाेली चलाउनएकाे थियाे ।

डा. केसीले उक्त घटनाले आफुलाइ अत्यान्तै दुःखी बनाएकाे भन्दै काठमाडाैं आउन तयार रहेकाे बताएका हुन् । डा. केसीले काठमाडाैं फर्केपछि पनि सत्याग्रहलाइ निरन्तरता दिने बताएका छन् । केसी कुन ठाँउमा अनशन बस्छन् भन्ने खुलाइएकाे छैन् ।

डा. केसी सोमबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नेपालगञ्‍ज आउँदैछन् । उनी मंगलबार काठमाडौं आइपुग्‍ने छन् । भदौ २९ गते ६ बुँदे माग राखेर जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरकाे धर्मशालामा १९ औं सत्याग्रह सुरु गरेका थिए ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ आश्विन ५, १६: ५५

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ आश्विन ५, १६: ५५

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ आश्विन ५, १६: ५५

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...