
नयाँ विकल्प,
काठमाडाैं- जुम्लामा सत्याग्रहमा रहेका डा. गोविन्द केसी काठमाडौ फर्किँदै छन् । तर आफ्नो माग पुरा नभएसम्म सत्याग्रहलाई निरन्तरता दिने बताएका छन् ।
केसीले दुई वर्षअघिको घटना नदोहोरियोस् भनेर काठमाडौं फर्किँदै छु भनेका छन् । दुइ वर्षअघि जुम्लामा अनसनमा रहेका डाक्टर केसीलाइ काठमाडाैं ल्याउने विषयमा भएकाे झडपमा प्रहरीले दर्जनाैं चिकित्सक र स्थानीयलाइ कुटपीट गरी घाइते बनाएकाे र गाेली चलाउनएकाे थियाे ।
डा. केसीले उक्त घटनाले आफुलाइ अत्यान्तै दुःखी बनाएकाे भन्दै काठमाडाैं आउन तयार रहेकाे बताएका हुन् । डा. केसीले काठमाडाैं फर्केपछि पनि सत्याग्रहलाइ निरन्तरता दिने बताएका छन् । केसी कुन ठाँउमा अनशन बस्छन् भन्ने खुलाइएकाे छैन् ।
डा. केसी सोमबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नेपालगञ्ज आउँदैछन् । उनी मंगलबार काठमाडौं आइपुग्ने छन् । भदौ २९ गते ६ बुँदे माग राखेर जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरकाे धर्मशालामा १९ औं सत्याग्रह सुरु गरेका थिए ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...