काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितलाई गृहमन्त्री गुरुङले निजगढ पुगेर भेटे – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितलाई गृहमन्त्री गुरुङले निजगढ पुगेर भेटे

काठमाडौं : जनकपुरबाट पैदल यात्रा गर्दै काठमाडौंतर्फ प्रस्थान गरेका मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन् ।

आफ्ना मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले पैदल यात्रामा निस्किएका पीडितहरू आइपुगेपछि गृहमन्त्री गुरुङ पीडितहरूसँग भेट्न बाराको निजगढ पुगेका हुन् ।

 निजगढ पुगेर गृहमन्त्री गुरुङले मिटरब्याज पीडितसँग छलफल गर्न सुरु गरेका छन् ।

मिटरब्याज पीडितहरूले तमसुक जलाएर जनकपुरको तिरहुतियागाछीबाट ६ दिनअघि पैदल मार्च सुरू गरेका थिए ।

वालेन्द्र शाहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाटै गरेको सम्बोधनमा मिटरब्याजबाट पीडित भएकाहरूको समस्या समाधान गर्ने उद्घोष गरेता पनि १०० दिन बितिसक्दा पनि आफूहरुलाई बेवास्ता गरेको उनीहरूको गुनासो छ ।

उनीहरूले तमसुक व्यवस्था खारेज गरिनुपर्ने, मिटरब्याज पीडितको पक्षमा विशेष ऐन ल्याउनुपर्ने, पीडितहरूको चल-अचल सबै सम्पत्ति फिर्ता गरिनुपर्ने लगायत माग राखेका छन् ।

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०८३ असार ३०, १२: १९

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०८३ असार ३०, १२: १९

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०८३ असार ३०, १२: १९

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...