सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय दललाई आग्रह गरेको छ।

पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि निर्वाचनअघि सबै राजनीतिक दलले प्रतिबद्धता जनाए पनि निर्वाचनपछि सरकारको व्यवहार अलोकतान्त्रिक र अमानवीय भएको ठहर गर्दै गम्भीर आपत्ति जनाएको छ।

कांग्रेसले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान सबै राजनीतिक दलको साझा दायित्व भएको उल्लेख गर्दै पछिल्लो समय यो विषय झन् जटिल बनेको बताएको छ। समस्या समाधानका लागि सरकार र दलहरूबीच साझा दृष्टि र कार्ययोजना आवश्यक रहेको बैठकको निष्कर्ष छ।

यसैबीच, समस्या समाधानका लागि अन्तरदलीय संवाद आवश्यक रहेको ठहर गर्दै डा. गोपाल दहितको नेतृत्वमा ‘संवाद र सहजीकरण संयन्त्र’ गठन गर्ने निर्णय पनि गरिएको छ।

May be an image of map and text

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०८३ असार ३०, १९: ५२

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०८३ असार ३०, १९: ५२

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
  • २०८३ असार ३०, १९: ५२

काठमाडौं : पूर्वमधेश प्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई उक्त...