सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ ।

अदालतले दिएको अन्तरिम आदेशको भावना विपरीत आयोगले गतिविधि अघि बढाएको आरोपसहित रिट निवेदक डा. प्रेमराज सिलवालले निवेदन पेश गरेका हुन् ।

निवेदक सिलवालले सर्वोच्च अदालतको आदेश सबै सम्बन्धित पक्षका लागि लागू हुने भए पनि आयोगले त्यसलाई सीमित समूहमा मात्र लागू हुने गरी सूचना जारी गरेको दाबी गरेका छन् ।

विशेष गरी न्यायाधीश र सैनिक अधिकारीहरूको हकमा मात्र अन्तरिम आदेश लागू हुने किसिमको व्याख्या गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले आयोगका पदाधिकारीविरुद्ध अवहेलना निवेदन परेको जानकारी दिएका छन् । उनका अनुसार उक्त निवेदन प्रारम्भिक सुनुवाइका लागि एकल इजलासमा पेस हुनेछ र त्यसपछि आवश्यक निर्णय प्रक्रिया अघि बढ्नेछ ।

यसअघि सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको कामकारबाहीलाई तत्कालका लागि यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो । रिटको अन्तिम टुंगो नलागेसम्म आयोगले कुनै व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन बाध्य नपार्नसमेत अदालतले आदेश दिएको थियो ।

अदालतको आदेशको व्याख्या र कार्यान्वयनमा देखिएको विवादपछि आयोगका पदाधिकारीमाथि अवहेलना निवेदन परेको हो ।

सम्बन्धित समाचार

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ असार ३०, १४: ५७

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०८३ असार ३०, १४: ५७

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...

रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना बेपत्ता
रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना बेपत्ता
  • २०८३ असार ३०, १४: ५७

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।...