
काठमाडौं : नेपाल आयल निगमले बुधबारदेखि एलपी ग्यासको साविककै १४.२ केजी क्षमताको पूरा सिलिन्डर बिक्री–वितरण पुनः सुरु गर्ने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट ग्यास आपूर्ति र लोडिङ अवस्था सुधार भएसँगै निगमले यो व्यवस्था लागू गरेको जनाएको हो ।
निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्ताको मागलाई सहज रूपमा सम्बोधन गर्न र ग्यास आपूर्तिलाई व्यवस्थित बनाउन असार ३१ गतेदेखि देशभर १४.२ केजी क्षमताको पूरा सिलिन्डर बिक्री–वितरण गरिने जानकारी दिएको हो । पूरा सिलिन्डरको उपभोक्ता मूल्य प्रतिगोटा २ हजार ६० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
यसअघि पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भएपछि निगमले फागुन २९ गतेदेखि अस्थायी व्यवस्थाअन्तर्गत ७.१ केजी क्षमताको आधा भरिएको सिलिन्डर मात्र बिक्री गर्दै आएको थियो ।
यद्यपि, बजारमा रहेका ७.१ केजीका सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नभएसम्म केही समयका लागि ७.१ केजी र १४.२ केजी दुवै क्षमताका सिलिन्डर बिक्री–वितरण हुने निगमले स्पष्ट पारेको छ । त्यस अवधिमा उपभोक्ताले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्रै खरिद गर्न निगमले आग्रह गरेको छ ।
निगमका अनुसार हाल इन्डियन आयल कर्पोरेसनबाट एलपी ग्यासको नियमित आयात भइरहेको छ । त्यसैले आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा मौज्दात नगर्न पनि उपभोक्तासँग अनुरोध गरिएको छ ।
बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...
काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...
काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...