राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा धारणा राख्दै उनले देशमा संकटको अवस्था देखिएको र नागरिकमा निराशा बढ्दै गएको उल्लेख गरे । यस्तो परिस्थितिमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक शक्तिबीच सहकार्य र एकता आवश्यक रहेको उनको भनाइ थियो ।

सिंहले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रिय प्राथमिकताका विषय पहिचान गरी सबै दलको सहमतिमा अगाडि बढ्ने वातावरण निर्माण गर्न आग्रह गरे ।

उनले राज्यको स्थायित्व, लोकतान्त्रिक व्यवस्था र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए । राज्य र जनता सुरक्षित तथा सबल रहेमा मात्रै राजनीतिक प्रणाली सुदृढ रहने उल्लेख गर्दै लोकतन्त्र र नागरिक हितमा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधिबाट सबै पक्ष सचेत हुनुपर्ने उनको धारणा थियो ।

बैठकका क्रममा सिंहले यसै साता आत्मदाहको प्रयासपछि ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरे ।

सम्बन्धित समाचार

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०८३ असार ३०, १३: ४४

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ असार ३०, १३: ४४

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०८३ असार ३०, १३: ४४

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...