नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त, सरकारका अन्य निर्णय के-के ? – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त, सरकारका अन्य निर्णय के-के ?

काठमाडौं : सरकारले नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । श्रेष्ठलाई महाप्रवन्धकको काम समेत गर्ने गरी अध्यक्षमा नियुक्त गरिएको हो ।

सरकारले बीउ बिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ । मन्त्री पोखरेलकाअनुसार सरकारले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ ।

अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०८३ असार ३०, १७: ३४

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०८३ असार ३०, १७: ३४

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०८३ असार ३०, १७: ३४

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...