सुनाचुरी प्रहरीले १०४ केजी गाँजा नियन्त्रमा लियाे – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

सुनाचुरी प्रहरीले १०४ केजी गाँजा नियन्त्रमा लियाे

नयाँ विकल्प

काठमाडाैं – प्रहरी कार्यालय मकवानपुर अन्तर्गतकाे सुनाचुरी प्रहरी चौकीबाट खटिएकाे टाेलीले एकसय ४ केजी गाँजा सहित तिनजनालाइ नियन्त्रमा लिएकाे छ ।

मकवानपुर प्रहरीका अनुसार प्रहरी सहायक निरिक्षक हिरालाल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा जिल्ला मकवानपुर मनहरी गाँउपालिका- ६ स्थित लोथर खोलाको बगरबाट उक्त परिणामकाे गाँजा बरामद गरेकाे हाे ।

साे परिणामकाे गाँजा सहित दुइजनालाइ नियन्त्रमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ – ९ का २६ बर्पीय कपिल भन्ने रुप खड्का ठकुरी, र साेही स्थानका ३० बर्षीय टलक बहादुर घलान र २७बर्षीय मदन कोईराला रहेका छन् ।

प्रहरीका अनुसार प्लास्टिकको बोराको भारी बनाई बोकी ल्याएको भारी चेकजाँच गर्दा  लागु औषध गाँजा १०४ किलो फेला परेको हाे पक्राउ परेका तिनैजनालाइ लागु औषध गाँजा सहित पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन ६, १५: २०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ आश्विन ६, १५: २०

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन ६, १५: २०

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...