
नयाँ विकल्प
काठमाडाैं – प्रहरी कार्यालय मकवानपुर अन्तर्गतकाे सुनाचुरी प्रहरी चौकीबाट खटिएकाे टाेलीले एकसय ४ केजी गाँजा सहित तिनजनालाइ नियन्त्रमा लिएकाे छ ।
मकवानपुर प्रहरीका अनुसार प्रहरी सहायक निरिक्षक हिरालाल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा जिल्ला मकवानपुर मनहरी गाँउपालिका- ६ स्थित लोथर खोलाको बगरबाट उक्त परिणामकाे गाँजा बरामद गरेकाे हाे ।
साे परिणामकाे गाँजा सहित दुइजनालाइ नियन्त्रमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ – ९ का २६ बर्पीय कपिल भन्ने रुप खड्का ठकुरी, र साेही स्थानका ३० बर्षीय टलक बहादुर घलान र २७बर्षीय मदन कोईराला रहेका छन् ।
प्रहरीका अनुसार प्लास्टिकको बोराको भारी बनाई बोकी ल्याएको भारी चेकजाँच गर्दा लागु औषध गाँजा १०४ किलो फेला परेको हाे पक्राउ परेका तिनैजनालाइ लागु औषध गाँजा सहित पक्राउ गरी अनुसन्धान भइरहेको छ ।


बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...