काठमाडौँ, २३ माघ । रौतहटको सन्तपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमूना बस्ती आज हस्तान्तरण गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक कार्यक्रमकाबीच बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण मण्डललाई बस्तीको साँचो हस्तान्तरण गर्नु भएको हो ।
कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प–प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले हस्तान्तरण गरिएकोे हो ।
गत असोज ४ मा शिलान्यास गरिएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब घर, भ्यू टावरसमेत निर्माण भएका छन् ।
गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुवानमा परेपछि धुर्मस(सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो ।
करिव ५ करोड ९६ लाख रुपैयाँको लागतमा निर्माण भएको सो बस्तीमा कलाकार धुर्मस दिनरात आफैं खटेर काम गर्दै आउनु भएको थियो ।
एकीकृत नमुना बस्ती अपांगमैत्री, बालमैत्री र वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको छ । धुर्मस–सुन्तली फाउन्डेसनको यो चौथो परियोजना हो ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...
काठमाडौं : सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथा प्रक्रियालाई परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ...
काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन्...