
काठमाडौं : भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले नयाँदिल्लीस्थित नेपाली दूतावासमा पुगेर समवेदना पुस्तिकामा हस्ताक्षर गर्दै दुःख प्रकट गरेका हुन्।
उनले गत भदौ १० गते आएको आकस्मिक बाढीका कारण भएको जनधनको ठूलो क्षतिप्रति भारत सरकार र भारतीय जनताको तर्फबाट नेपाली जनता र सरकारप्रति हार्दिक समवेदना प्रकट गरे। उक्त प्राकृतिक विपत्तिमा नेपाली नागरिकसँगै केही विदेशी नागरिक, जसमा भारतीय नागरिक पनि प्रभावित भएको उनले उल्लेख गरेका छन्।
मन्त्री सिंहले बाढीमा ज्यान गुमाएकाहरूका परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले नेपाल र भारतबीचको निकट सम्बन्ध स्मरण गर्दै ‘सुख दुःखका साथी’का रूपमा भारत सधैं नेपालसँग रहेको र यो कठिन समयमा पनि उद्धार, खोज तथा पुनःस्थापनामा नेपाललाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्।
काठमाडौं : जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु तथा लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न पदयात्री र सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ...
रसुवा : भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामन कोरला नाकाबाट...
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमै देशका...