रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा : भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामन कोरला नाकाबाट ल्याइने भएको छ ।

हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामन वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भइसकेको ‘मुसा ट्रान्सपोर्ट’ले जनाएको छ ।

सो ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढीले तहसनहस बगाएका रसुवागढीस्थित भौतिक संरचना र काठमाडौं जोड्ने सडकमार्ग तयार हुन समय लाग्ने देखिएपछि अब कोरला नाका प्रयोग गरी नेपालतर्फ सामन लैजाने काम धमाधम भइरहेको छ ।

उनले भने, “नेपालमा दशैं–तिहारजस्ता ठुला चाडबाड सुरु हुन लागेको अवस्थामा छोटो सडकमार्ग प्रयोग गरी सामान ढुवानीको काम तीव्र रुपमा भइरहेको थियो ।”

यसैबीच, सामन ढुवानीका क्रममा रसुवागढी–त्रिशूली सडकमार्गमा रहेका कैयौं ‘कन्टेनर’ बगी जनधनको क्षति व्यहोर्नुपर्‍यो । नेपाली व्यापारी तथा व्यवसायीले चिनियाँ उत्पादक कम्पनीका सामान नेपाल ल्याउने क्रममा सीमावर्ती क्षेत्रसम्म ढुवानी गर्ने जिम्मेवारी पूरागरी पुर्ख्यौली देशको सेवा गरिरहेको छु ।

मुस्लिम समुदायका आफ्ना बाउबाजे काठमाडौं–बागबजारबाट व्यापार–व्यवसायका सिलसिलामा तिब्बततर्फ आउनुभएको जानकारी दिँदै प्रबन्ध निर्देशक ज्याङले मुसा ट्रान्सपोर्टमार्फत हाल सिगात्से सहरमा रही नेपालको सीमा नाकासम्म सामान ढुवानीको कारोबार गर्दै आएको बताए ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ भाद्र २१, १५: ३८

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ भाद्र २१, १५: ३८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
  • २०८३ भाद्र २१, १५: ३८

काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल...