बाढीपीडित पुनर्स्थापनाका लागि नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतको संयोजकत्वमा बन्यो समन्वय समिति – Naya Bikalpa
September 3, 2026, Thursday      Epaper

बाढीपीडित पुनर्स्थापनाका लागि नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतको संयोजकत्वमा बन्यो समन्वय समिति

काठमाडौं : भोटेकोशीमा गएको भीषण बाढी तथा प्राकृतिक विपद्को असरबारे छलफल गर्न आज बेलुका भोटेकोशी प्राकृतिक विपद् व्यवस्थापन समन्वय समितिको बैठक बस्ने भएको छ ।

भोटेकोशी प्राकृतिक विपद् व्यवस्थापन समन्वय समिति, नेपाली कांग्रेस संसदीय दल बागमती प्रदेश सभाको बैठकमा संघ, प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिने जनाइएको छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो जनधनको क्षति पुर्‍याएको थियो । प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको निष्कर्षसहित बैठक आह्वान गरिएको हो ।

भदौ १४ गते बसेको संसदीय दलको बैठकले नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतको संयोजकत्वमा समिति गठन गरेको हो । जसको सदस्यमा प्रभात तामाङ, मधुकुमार श्रेष्ठ र विनु रायमाझी रहेका छन् ।

बैठक काठमाडौंको महाराजगञ्जस्थित रोयल दरबार बैंक्वेटमा साँझ ५:३० बजे बस्नेछ । समितिका संयोजक रमेश कुमार महतले सम्बन्धित सबै सरोकारवालालाई बैठकमा उपस्थित भई आवश्यक निर्णय प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।

बैठकबाट विपद् प्रभावित क्षेत्रका लागि ठोस रणनीति, राहत व्यवस्थापन र दीर्घकालीन पुनर्निर्माणका उपायहरू तय हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

भारतीय प्राविधिक टोली चिलिमेको सुरुङमा १०० मिटरभित्र पुग्यो
भारतीय प्राविधिक टोली चिलिमेको सुरुङमा १०० मिटरभित्र पुग्यो
  • २०८३ भाद्र १८, १६: २४

काठमाडौं : रसुवाको स्याफ्रुबेसीस्थित चिलिमे पावर हाउसको सुरुङमा फसेकाहरूको उद्धारका लागि खटिएको संयुक्त नेपाली–भारतीय प्राविधिक टोली सुरुङभित्र करिब १०० मिटर...

भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारकाे निर्णय
भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारकाे निर्णय
  • २०८३ भाद्र १८, १६: २४

काठमाडौं : सरकारले भदौ २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ । बिहीबार बसेको...

भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
  • २०८३ भाद्र १८, १६: २४

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था...