कस्तो रहला आजको मौसम ? – Naya Bikalpa
September 16, 2026, Wednesday      Epaper

कस्तो रहला आजको मौसम ?


काठमाडौं : देशभर आज सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ ।

दिउँसो कोशी र बागमती प्रदेशका हिमाली भू–भागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ्सहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली, पहाडी र तराई भू–भागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

विपद् प्रभावित क्षेत्रमा राहतदेखि पूर्वचेतावनी प्रणाली विकाससम्म काम भइरहेको छ : मन्त्री पुन
विपद् प्रभावित क्षेत्रमा राहतदेखि पूर्वचेतावनी प्रणाली विकाससम्म काम भइरहेको छ : मन्त्री पुन
  • २०८३ भाद्र ३१, ०७: ३८

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापनदेखि डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशाला पुनस्र्थापना र पूर्वचेतावनी...

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट
प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट
  • २०८३ भाद्र ३१, ०७: ३८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा...

राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
  • २०८३ भाद्र ३१, ०७: ३८

काठमाडौं : नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार...