
काठमाडौं : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको इभी गाडी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सडकबाट करिब १ हजार मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित ४ जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइते हुनेमा २ महिला र २ पुरुष रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये २ पुरुष र १ महिलालाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ भने १ जना महिलालाई उपचारका लागि हेटौंडा पठाइएको छ ।
गाडीमा चालकसहित ८ जना सवार रहेको बुझिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले पार्टीको १५औं महाधिवेशन अन्तर्गतका तल्ला तहका अधिवेशनहरूलाई भव्यताका साथ सम्पन्न गर्न आह्वान...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई सक्रिय सहभागिताका लागि...
काठमाडौं : सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार...