कांग्रेसको १५औं महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) – Naya Bikalpa
September 15, 2026, Tuesday      Epaper

कांग्रेसको १५औं महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ)

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन उम्मेदवारका लागि कडाइका प्रावधानसहित ‘निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्म हुने निर्वाचनका लागि उम्मेदवारी, प्रचारप्रसार, मतदान र मतगणनासम्बन्धी प्रक्रिया स्पष्ट पारेको छ ।

निर्देशिकाअनुसार उम्मेदवारले प्रचारका क्रममा जुलुस, कोणसभा वा अन्य कार्यक्रम गर्दा मर्यादित र अनुशासित व्यवहार गर्नुपर्नेछ । उम्मेदवारको नाम वा चुनाव चिह्न अंकित टोपी, भेस्ट, ज्याकेट, मास्कलगायतका सामग्री प्रयोग गर्नसमेत रोक लगाइएको छ ।

त्यस्तै, सार्वजनिक स्थलमा होहल्ला गर्ने, निर्वाचन प्रयोजनका लागि सवारीसाधनको दुरुपयोग गर्ने तथा बालबालिकालाई निर्वाचनसम्बन्धी गतिविधिमा सहभागी गराउन नपाइने व्यवस्था गरिएको छ ।

निर्देशिकाले महाधिवेशनका विभिन्न तहका लागि उम्मेदवार हुन आवश्यक पर्ने न्यूनतम योग्यता र शुल्कको पनि स्पष्ट विवरण दिएको छ । वडा तहदेखि केन्द्रीय तहसम्मको उम्मेदवारी शुल्क तोकिएको छ, जसमा केन्द्रीय सभापति पदका लागि ४० हजार, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार केन्द्रीय र सदस्यका लागि ११ हजार रुपैयाँ तोकिएको छ ।

प्रदेश सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार र प्रदेश सदस्यका लागि पाँच हजार उम्मेदवार शुल्क तोकेको छ । कार्यविधिमा वडा सभापतिका लागि १ हजार जिल्ला सभापतिका लागि १५ हजार शुल्न निर्धारण गरेको छ ।

कांग्रेस सभापतिमा उम्मेदवारी दिनका लागि महाधिवेशन प्रतिनिधिबाट १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ । केन्द्रीय उपसभापति र केन्द्रीय महामन्त्रीका लागि उम्मेदवार सात जना प्रस्तावक र सात जना समर्थक हुनुपर्नेछ । केन्द्रीय सहमहामन्त्रीका लागि पाँच जना प्रस्तावक र पाँच जना समर्थक तथा केन्द्रीय सदस्यका लागि तीन जना प्रस्तावक र तीन जना समर्थक आवश्यक पर्नेछ ।

सम्बन्धित समाचार

१५औं महाधिवेशन भव्य बनाउन कांग्रेस बागमती प्रदेशको आह्वान
१५औं महाधिवेशन भव्य बनाउन कांग्रेस बागमती प्रदेशको आह्वान
  • २०८३ भाद्र ३०, १५: ४४

काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले पार्टीको १५औं महाधिवेशन अन्तर्गतका तल्ला तहका अधिवेशनहरूलाई भव्यताका साथ सम्पन्न गर्न आह्वान...

कांग्रेसको १५औं महाधिवेशनमा सक्रिय सहभागिताका लागि सभापति गगन थापाको आह्वान
कांग्रेसको १५औं महाधिवेशनमा सक्रिय सहभागिताका लागि सभापति गगन थापाको आह्वान
  • २०८३ भाद्र ३०, १५: ४४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई सक्रिय सहभागिताका लागि...

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
  • २०८३ भाद्र ३०, १५: ४४

काठमाडौं : सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार...