
काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौ वटा बैंकमा रु १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ ।
त्यस्तै, कोषका अन्य दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ ।
राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिएको थियो ।
काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोली जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा पराजित भएको छ । नेपाल आज आफ्नो...
काठमाडौं : नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनलाई व्यापक सहभागिता, पारदर्शिता र प्रविधिमैत्री ढाँचामा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। पार्टीका...
काठमाडौं : सरकारले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री...