
काठमाडौं : रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको पावर हाउसभित्र चार वटा शव फेला परेको छ । भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोमा बुधबार चार वटा शव फेला परेका हुन् ।
नेपाली सेना र सशस्त्र प्रहरीको टोलीद्वारा जारी खोज तथा उद्धारका क्रममा ती शव फेला परेका हुन् । सुरुङको ७० मिटर भित्र छिरेर गोताखोरले ती शव निकालेका छन् ।
गत १० भदौमा आएको विनाशनकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धारको काम जारी रहेको छ ।
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापनदेखि डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशाला पुनस्र्थापना र पूर्वचेतावनी...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा...
काठमाडौं : नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार...