
काठमाडौं : रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको पावर हाउसभित्र चार वटा शव फेला परेको छ । भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोमा बुधबार चार वटा शव फेला परेका हुन् ।
नेपाली सेना र सशस्त्र प्रहरीको टोलीद्वारा जारी खोज तथा उद्धारका क्रममा ती शव फेला परेका हुन् । सुरुङको ७० मिटर भित्र छिरेर गोताखोरले ती शव निकालेका छन् ।
गत १० भदौमा आएको विनाशनकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धारको काम जारी रहेको छ ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...