प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट – Naya Bikalpa
September 16, 2026, Wednesday      Epaper

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा जलवायुजन्य विपद्का जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको विशिष्ट पर्यटन सम्भावना तथा यसको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्नाका साथै नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न उनलाई अनुरोध गरे ।

प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछिको कठिन परिस्थितिमा अमेरिकाले नेपाललाई गरेको सहयोग र ऐक्यबद्धताप्रति हार्दिक आभार व्यक्त गर्दै बाढीमा नेपालीसँगै विदेशी पनि प्रभावित भएकामा दुःख व्यक्त गरे ।

कार्यवाहक राजदूत बोल्डिनले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वर्तमान कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता प्रकट गरिन् । उनले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको बताइन् ।

सम्बन्धित समाचार

विपद् प्रभावित क्षेत्रमा राहतदेखि पूर्वचेतावनी प्रणाली विकाससम्म काम भइरहेको छ : मन्त्री पुन
विपद् प्रभावित क्षेत्रमा राहतदेखि पूर्वचेतावनी प्रणाली विकाससम्म काम भइरहेको छ : मन्त्री पुन
  • २०८३ भाद्र ३१, १३: ४३

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापनदेखि डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशाला पुनस्र्थापना र पूर्वचेतावनी...

राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
  • २०८३ भाद्र ३१, १३: ४३

काठमाडौं : नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार...

आमालाई ६ महिना, बुबालाई ४२ दिन तलबसहितको सुत्केरी बिदा प्रस्ताव
आमालाई ६ महिना, बुबालाई ४२ दिन तलबसहितको सुत्केरी बिदा प्रस्ताव
  • २०८३ भाद्र ३१, १३: ४३

काठमाडौं : सरकारले आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्थाका लागि...