
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गरेकी छन् ।
प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा जलवायुजन्य विपद्का जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको विशिष्ट पर्यटन सम्भावना तथा यसको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्नाका साथै नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न उनलाई अनुरोध गरे ।
प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछिको कठिन परिस्थितिमा अमेरिकाले नेपाललाई गरेको सहयोग र ऐक्यबद्धताप्रति हार्दिक आभार व्यक्त गर्दै बाढीमा नेपालीसँगै विदेशी पनि प्रभावित भएकामा दुःख व्यक्त गरे ।
कार्यवाहक राजदूत बोल्डिनले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वर्तमान कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता प्रकट गरिन् । उनले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको बताइन् ।
काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...