माइतीघरमा राति टेन्ट टाँगेर धर्ना बस्न नपाइने, प्रहरीले गर्‍यो माइकिङ – Naya Bikalpa
September 16, 2026, Wednesday      Epaper

माइतीघरमा राति टेन्ट टाँगेर धर्ना बस्न नपाइने, प्रहरीले गर्‍यो माइकिङ

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा रातिको समयमा टेन्ट टाँगेर धर्ना तथा आन्दोलन गर्न नपाइने भएको छ। धर्नाका लागि टेन्ट टाँगेर बसेकाहरूलाई हटाउन प्रहरीले मंगलबार रातिदेखि माइकिङ गरिरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार रातिको समयमा माइतीघर क्षेत्रमा टेन्ट टाँगेर बस्दा धर्नाकारीको सुरक्षा तथा स्वास्थ्यमा समस्या हुन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको हो।

उनले दिउँसो भने माइतीघरमा कार्यक्रम तथा धर्ना गर्न रोक नलगाइएको स्पष्ट पारे। तर, दिउँसो पनि टेन्ट टाँगेर बस्न भने नपाइने प्रहरीले जनाएको छ।

‘राति टेन्ट टाँगेर बस्दा उहाँहरूको असुरक्षा हुने भयो। स्वास्थ्यमा पनि समस्या हुने भयो,’ एसएसपी घिमिरेले भने, ‘दिउँसो भने कुनै कार्यक्रम राख्नका लागि रोकेका छैनौँ।’

माइतीघर मण्डलामा विभिन्न माग राख्दै दिनहुँजसो धर्ना तथा आन्दोलन हुने गरेको छ। प्रदर्शनकारीहरूले टेन्ट टाँगेर लामो समयसम्म बस्ने गरेकाले प्रहरीले रातिको समयमा टेन्ट हटाउन आग्रह गरेको हो।

सम्बन्धित समाचार

विपद् प्रभावित क्षेत्रमा राहतदेखि पूर्वचेतावनी प्रणाली विकाससम्म काम भइरहेको छ : मन्त्री पुन
विपद् प्रभावित क्षेत्रमा राहतदेखि पूर्वचेतावनी प्रणाली विकाससम्म काम भइरहेको छ : मन्त्री पुन
  • २०८३ भाद्र ३१, ०५: ४९

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापनदेखि डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशाला पुनस्र्थापना र पूर्वचेतावनी...

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट
प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट
  • २०८३ भाद्र ३१, ०५: ४९

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा...

आमालाई ६ महिना, बुबालाई ४२ दिन तलबसहितको सुत्केरी बिदा प्रस्ताव
आमालाई ६ महिना, बुबालाई ४२ दिन तलबसहितको सुत्केरी बिदा प्रस्ताव
  • २०८३ भाद्र ३१, ०५: ४९

काठमाडौं : सरकारले आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्थाका लागि...