कृष्णभीर सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन – Naya Bikalpa
September 16, 2026, Wednesday      Epaper

कृष्णभीर सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडकखण्डमा असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ ।

भदौ २८ गतेदेखि परीक्षणका रूपमा केही सवारी साधन सञ्चालन हुँदै आएको उक्त सडकखण्डमा आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेपछि दुईतर्फी यातायात सञ्चालन गर्न लागिएको हो ।

भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्‍याएको थियो । त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल पूर्ण रूपमा भत्काएपछि सडकखण्डमा यातायात अवरुद्ध भएको थियो ।

सडक खुलाउन पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो । अध्ययनपछि कृष्णभीरको पहाड काटेर करिब २५० मिटर लामो नयाँ सडक मार्ग निर्माण गर्न सुझाव दिइएको थियो ।

सोही सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान गरी करिब ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर नयाँ सडक मार्ग निर्माण गरिएको हो । प्राविधिकसहित करिब ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरेपछि निर्माण सुरु भएको दशौँ दिनमै भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारी साधनलाई परीक्षणका रूपमा सञ्चालन गरिएको थियो ।

हाल सडकमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । ग्राभेलको काम भोलिसम्म सम्पन्न गरी असोज १ गते बिहानदेखि उक्त सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ ।

सम्बन्धित समाचार

एसियाली खेलकुद : महिला भलिबलमा नेपाल जापानसँग पराजित
एसियाली खेलकुद : महिला भलिबलमा नेपाल जापानसँग पराजित
  • २०८३ भाद्र ३०, १७: ०३

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोली जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा पराजित भएको छ । नेपाल आज आफ्नो...

कांग्रेसको १५औं महाधिवेशन : ७ हजार प्रतिनिधि सहभागी हुने, ९ हजार निर्वाचन अधिकृत फिल्डमा
कांग्रेसको १५औं महाधिवेशन : ७ हजार प्रतिनिधि सहभागी हुने, ९ हजार निर्वाचन अधिकृत फिल्डमा
  • २०८३ भाद्र ३०, १७: ०३

काठमाडौं : नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनलाई व्यापक सहभागिता, पारदर्शिता र प्रविधिमैत्री ढाँचामा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। पार्टीका...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
  • २०८३ भाद्र ३०, १७: ०३

काठमाडौं : सरकारले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री...