
काठमाडौं : रसुवा बाढीमा परी हराइरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ ।
प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४४ पुरुष, ३३६ महिला र ५१९ वटा आंशिक अंग छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढीपछि हालसम्म चार हजार ८९ जना बेपत्ता छन् । बेपत्ता हुनेमा दुई हजार ९०७ पुरुष, ५७२ महिला, २७२ विदेशी पुरुष र ३२८ विदेशी महिला छन् ।
बाढीमा परी घाइते भएका नौ हजार २८७ जनाको उद्धार गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए । उनका अनुसार फेला परेका शवको पहिचानका लागि ‘डिएनए’ नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार २३० शव व्यवस्थापन गरिएको छ ।
“फेला परेका शवको पहिचानका लागि डिएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार २३० शव व्यवस्थापन गरिएको छ । पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको छ”, प्रवक्ता काफ्लेले भने ।
प्रहरीका अनुसार शव पहिचानका लागि मृतकका शवबाट एक हजार २८६ र बेपत्ता व्यक्तिका आफन्तबाट एक हजार ८८९ डिएनए नमुना संकलन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताए ।
यसैगरी, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल तीन हजार ४४० जना रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले पार्टीको १५औं महाधिवेशन अन्तर्गतका तल्ला तहका अधिवेशनहरूलाई भव्यताका साथ सम्पन्न गर्न आह्वान...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई सक्रिय सहभागिताका लागि...
काठमाडौं : सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार...