मन्त्री नआएपछि शिक्षा समितिको बैठक स्थगित – Naya Bikalpa
September 15, 2026, Tuesday      Epaper

मन्त्री नआएपछि शिक्षा समितिको बैठक स्थगित

काठमाडौं : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।

बैठक सिंहदरबारमा मंगलबार बिहान ८ बजेका लागि बोलाइएको थियो । बैठकका लागि शिक्षा तथा खेलकुदमन्त्री पोखरेलसँगै मन्त्रालयका सचिवलाई समेत बोलाइएको थियो ।

समितिका सदस्यहरू बैठकमा उपस्थित भइसकेपछि मन्त्री पोखरेलले बैठक सुरु भइसकेको अवस्थामा आफू अस्वस्थ रहेको जानकारी गराएका थिए ।

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका तथा भइरहेका कामबारे छलफल गर्न बैठक बोलाइएको थियो ।

मन्त्रालयका कामकारबाहीका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका विषयमा समेत छलफल गर्ने कार्यसूची थियो ।

सम्बन्धित समाचार

१५औं महाधिवेशन भव्य बनाउन कांग्रेस बागमती प्रदेशको आह्वान
१५औं महाधिवेशन भव्य बनाउन कांग्रेस बागमती प्रदेशको आह्वान
  • २०८३ भाद्र ३०, १२: ४५

काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले पार्टीको १५औं महाधिवेशन अन्तर्गतका तल्ला तहका अधिवेशनहरूलाई भव्यताका साथ सम्पन्न गर्न आह्वान...

कांग्रेसको १५औं महाधिवेशनमा सक्रिय सहभागिताका लागि सभापति गगन थापाको आह्वान
कांग्रेसको १५औं महाधिवेशनमा सक्रिय सहभागिताका लागि सभापति गगन थापाको आह्वान
  • २०८३ भाद्र ३०, १२: ४५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई सक्रिय सहभागिताका लागि...

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
  • २०८३ भाद्र ३०, १२: ४५

काठमाडौं : सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार...