भारी वर्षापछि पहिरोको जोखिम बढ्यो, पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा आवागमन बन्द – Naya Bikalpa
September 25, 2026, Friday      Epaper

भारी वर्षापछि पहिरोको जोखिम बढ्यो, पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा आवागमन बन्द

काठमाडौं । लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो र सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार विगत दुई दिनदेखि धादिङ तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरलगायतका स्थानमा पहिरो खसेको तथा धारापानीसहितका क्षेत्रमा सडक भासिएपछि यातायात प्रभावित भएको हो ।

यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा समेत पहिरो खसेपछि जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि सडक आवागमन बन्द गरेको जनाएको छ ।

मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । थप विपद्जन्य जोखिम उत्पन्न हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न पृथ्वी राजमार्गमा चल्ने सबै सवारीसाधनको आवागमनमा अर्को सूचना नभएसम्म पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ ।

सम्बन्धित निकायले जोखिमयुक्त अवस्थामा यात्रा नगर्न तथा प्रशासनबाट जारी सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार

काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
  • २०८३ आश्विन ९, १०: २९

काठमाडौं : विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण...

आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा रथयात्रा र विभिन्न जात्रा
आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा रथयात्रा र विभिन्न जात्रा
  • २०८३ आश्विन ९, १०: २९

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका...

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०८३ आश्विन ९, १०: २९

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...