काठमाडौं । सवारी साधनको नम्बर प्लेटमै सरकारले जनताको अर्बौ रुपैँया नोक्सानी गर्ने देखिएको छ । आगामी असार मसान्तसम्म बागमतीमा दर्ता भएको सम्पूर्ण सवारी साधनमा ‘इम्बोस्ड’ नम्बर प्लेट हुनुपर्ने नियम सरकारले लागू गरेसँगै आफ्ना सवारी साधनको नम्बर प्लेट ‘इम्बोस्ड’ गर्नेको भीड बढ्न थालेको छ ।
तर कुनै दूरदर्शीता बिना सरकारले गरेको निर्णयले जनताका अर्बौ रकम नोक्सान हुने भएको छ । मुलुक ७ प्रदेशमा विभाजन भएसँगै छुट्टाछुट्टै प्रदेशको लागि सोही प्रदेशको नाम अनुसारको नम्बर प्लेट राख्नुपर्ने हुन्छ तर प्रदेशमा मुलुक विभाजन भएपनि ती प्रदेशका नाम हालसम्म तोकीएका छैनन् । मुलुकमा प्रदेशहरु अहिले नम्बरबाट मात्र चिनिन्छन् ।
साहीस् अनु्सार सरकारको नियम पालना गर्ने क्रममा कति सवारी साधन धनीहरुले आफ्ना गाडीहरुमा प्रदेश नम्बर सहितको ‘इम्बोस्ड’ नम्बर प्लेट लगाइ सकेका छन् । तर अब प्रदेशको नामको टुङ्गो लाग्ने बितिकै फेरि प्रदेशको नामा सहितको नम्बर प्लेट आवश्यक हुन्छ । सो क्रममा फेरि नम्बर प्लेट बदल्नुपर्ने हुन्छ भने पुन शुल्क तिर्नुपर्ने हुन्छ । त्यो क्रममा तोकिएको समयभित्र सरकारले तीन अर्बबढी रकम उठाइसक्ने छ भने प्रदेशको नामाकरण भइसकेपछि पुन त्यतिनै रकम जनताबाट असुल्ने छ ।
काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...
काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...