‘इम्बोस्ड’ नम्बर प्लेटमा दोहोरो खर्च – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

‘इम्बोस्ड’ नम्बर प्लेटमा दोहोरो खर्च

काठमाडौं । सवारी साधनको नम्बर प्लेटमै सरकारले जनताको अर्बौ रुपैँया नोक्सानी गर्ने देखिएको छ । आगामी असार मसान्तसम्म बागमतीमा दर्ता भएको सम्पूर्ण सवारी साधनमा ‘इम्बोस्ड’ नम्बर प्लेट हुनुपर्ने नियम सरकारले लागू गरेसँगै आफ्ना सवारी साधनको नम्बर प्लेट ‘इम्बोस्ड’ गर्नेको भीड बढ्न थालेको छ ।

तर कुनै दूरदर्शीता बिना सरकारले गरेको निर्णयले जनताका अर्बौ रकम नोक्सान हुने भएको छ । मुलुक ७ प्रदेशमा विभाजन भएसँगै छुट्टाछुट्टै प्रदेशको लागि सोही प्रदेशको नाम अनुसारको नम्बर प्लेट राख्नुपर्ने हुन्छ तर प्रदेशमा मुलुक विभाजन भएपनि ती प्रदेशका नाम हालसम्म तोकीएका छैनन् । मुलुकमा प्रदेशहरु अहिले नम्बरबाट मात्र चिनिन्छन्  ।

साहीस् अनु्सार सरकारको नियम पालना गर्ने क्रममा कति सवारी साधन धनीहरुले आफ्ना गाडीहरुमा प्रदेश नम्बर सहितको ‘इम्बोस्ड’ नम्बर प्लेट लगाइ सकेका छन् । तर अब प्रदेशको नामको टुङ्गो लाग्ने बितिकै फेरि प्रदेशको नामा सहितको नम्बर प्लेट आवश्यक हुन्छ । सो क्रममा फेरि नम्बर प्लेट बदल्नुपर्ने हुन्छ भने पुन शुल्क तिर्नुपर्ने हुन्छ । त्यो क्रममा तोकिएको समयभित्र सरकारले तीन अर्बबढी रकम उठाइसक्ने छ भने प्रदेशको नामाकरण भइसकेपछि पुन त्यतिनै रकम जनताबाट असुल्ने छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७४ माघ २९, ०८: ३४

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७४ माघ २९, ०८: ३४

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७४ माघ २९, ०८: ३४

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...