राष्ट्रियसभामा ५६ जना चुनिए – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

राष्ट्रियसभामा ५६ जना चुनिए

मुलुक संघीय प्रणालीमा प्रवेश गरेपछिको पहिलो राष्ट्रियसभाको चुनाव सम्पन्न भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ सांसद निर्वाचित हुने र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

जस अनुसार ५६ जना निर्वाचित हुनु सदस्यहरुमा नेकपा एमालेले २७, कांग्रेसले १३, माओवादी केन्द्रले १२, राजपा र फोरमले २–२ सिट ल्याएका छन् । प्रदेशसभा र प्रतिनिसभा चुनवामा जस्तै राष्ट्रियसभामा पनि बामगठबन्धनले बहुमत प्राप्त गरेको छ ।

प्रदेश १ मा एमालेका ६ र कांग्रेसका २ जना राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन् ।  प्रदेश २ मा भने एमाले, कांग्रेस, राजपा र फोरम सबैले दुई–दुई सिट निर्विरोध भएका छन् । प्रदेश ३ मा ५ सिट जित्दै एमालेले बहुमत ल्याएको छ भने कांग्रेसबाट २ र माओवादी केन्द्रबाट १ जना निर्वाचित भएका छन् । प्रदेश ४ मा एमालेले ३, कांग्रेसले ३ र माओवादी केन्द्रले २ सिट जित्न सफल भएका छन् । प्रदेश ५ मा पनि एमालेले नै बढी सिट जितेको छर । यस प्रदेशमा एमालेका ४, कांग्रेसका २ र माओवादीका २ जना विजयी भएका छन् ।

प्रदेश ६ मा एमालेबाट ५ र माओवादीबाट ३ जना निर्वाचित भएका छन् । यस्तै प्रदेश ७ मा एमालेका ४, कांग्रेसका २ र माओवादीका २ सदस्य विजयी भएका छन् । उम्मेदवारी मनोनयनकै प्रक्रियामा २४ जना निर्विरोध भएकाले ३२ सिटका लागि मात्रै बुधबार मतदान भएको थियो । प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगतारअल्पसंख्यक तथा अन्य तीन खुलासहित ८ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ ।

यसैबीच निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । आयोग पदाधिकारीले आइतबार बिहान राष्ट्रपति कार्यलय शीतलनिवास पुगेर नतिजा बुझाएको आयोग प्रवक्ता नवराज ढकालले बताए । राष्ट्रिय सभामा तीन जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जना सदस्य मनोनित गरेपछि राष्ट्रियसभाले पुर्णता पाउनेछ । यसका लागि सरकारले कृष्ण प्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभामा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सम्बन्धित समाचार

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७४ माघ २९, ०८: ४२

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७४ माघ २९, ०८: ४२

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०७४ माघ २९, ०८: ४२

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...