मुलुक संघीय प्रणालीमा प्रवेश गरेपछिको पहिलो राष्ट्रियसभाको चुनाव सम्पन्न भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ सांसद निर्वाचित हुने र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।
जस अनुसार ५६ जना निर्वाचित हुनु सदस्यहरुमा नेकपा एमालेले २७, कांग्रेसले १३, माओवादी केन्द्रले १२, राजपा र फोरमले २–२ सिट ल्याएका छन् । प्रदेशसभा र प्रतिनिसभा चुनवामा जस्तै राष्ट्रियसभामा पनि बामगठबन्धनले बहुमत प्राप्त गरेको छ ।
प्रदेश १ मा एमालेका ६ र कांग्रेसका २ जना राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन् । प्रदेश २ मा भने एमाले, कांग्रेस, राजपा र फोरम सबैले दुई–दुई सिट निर्विरोध भएका छन् । प्रदेश ३ मा ५ सिट जित्दै एमालेले बहुमत ल्याएको छ भने कांग्रेसबाट २ र माओवादी केन्द्रबाट १ जना निर्वाचित भएका छन् । प्रदेश ४ मा एमालेले ३, कांग्रेसले ३ र माओवादी केन्द्रले २ सिट जित्न सफल भएका छन् । प्रदेश ५ मा पनि एमालेले नै बढी सिट जितेको छर । यस प्रदेशमा एमालेका ४, कांग्रेसका २ र माओवादीका २ जना विजयी भएका छन् ।
प्रदेश ६ मा एमालेबाट ५ र माओवादीबाट ३ जना निर्वाचित भएका छन् । यस्तै प्रदेश ७ मा एमालेका ४, कांग्रेसका २ र माओवादीका २ सदस्य विजयी भएका छन् । उम्मेदवारी मनोनयनकै प्रक्रियामा २४ जना निर्विरोध भएकाले ३२ सिटका लागि मात्रै बुधबार मतदान भएको थियो । प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगतारअल्पसंख्यक तथा अन्य तीन खुलासहित ८ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ ।
यसैबीच निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । आयोग पदाधिकारीले आइतबार बिहान राष्ट्रपति कार्यलय शीतलनिवास पुगेर नतिजा बुझाएको आयोग प्रवक्ता नवराज ढकालले बताए । राष्ट्रिय सभामा तीन जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जना सदस्य मनोनित गरेपछि राष्ट्रियसभाले पुर्णता पाउनेछ । यसका लागि सरकारले कृष्ण प्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभामा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...