२०औं एसियन गेम्समा पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

२०औं एसियन गेम्समा पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान

काठमाडौं : सरकारले २०औं एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ ।

खेलकुद विकास नियमावलीअनुसार नेपाललाई पदक जिताउन सफल करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको छ ।

यसअघि असोज २३ गतेको मन्त्रिपरिषद्ले पदक विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो । जसअनुसार तेन्जिङलाइ रु छ लाख ५० हजार, प्रशिक्षक कुशल श्रेष्ठलाई रु एक लाख ३० हजार र व्यवस्थापक युवराज लामालाई पुरस्कारस्वरुप रु ६५ हजार रकम उपलब्ध गराइएको छ ।

त्यस्तै, कबड्डी टोलीका खेलाडीले जनही रु एक लाख ९५ हजार, मुख्य प्रशिक्षक पार्वती राईले रु एक लाख ३० हजार, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले रु ६५ हजार प्राप्त गरेका छन् ।

करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गरेका छन् ।

“सरकारले निर्धारित र निर्णय गरेको २०औं एसियन गेम्सको पुरस्कार रकम डिपोजिट भएको जानकारी गराउन चाहान्छु । द्रुत गतिमा काम भएकामा धन्यवाद छ, नेपाल सरकार”, श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।

जापानको नायोगामा भएको २०औँ एसियन गेम्समा नेपालबाट करातेका तेञ्जिङ र महिला कबड्डी टोलीले कास्यपदक जित्न सफल भएको थियो ।

सम्बन्धित समाचार

जीवाश्म इन्धनको विषयमा सहमति जुट्न नसक्दा कोप–३१ सम्मेलन निष्कर्षविहीन
जीवाश्म इन्धनको विषयमा सहमति जुट्न नसक्दा कोप–३१ सम्मेलन निष्कर्षविहीन
  • २०८३ आश्विन २८, १४: ०४

काठमाडौँ । टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ जलवायु सम्मेलन जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा निष्कर्षविहीन...

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता
  • २०८३ आश्विन २८, १४: ०४

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ आश्विन २८, १४: ०४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...