एमाले–माओवादी नमिल्ने संकेत ! – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

एमाले–माओवादी नमिल्ने संकेत !

काठमाडौं । लामो समयदेखि पार्टी एकीकरण गर्ने प्रयासमा रहेको एमाले र माओवादी पार्टीबीचको एकता तुहिने संकेत देखिएको छ । यो संकेत अरु कसैले नभएर एमालेले नै देखाएको हो । ७० र ३० को भागवण्डा गरेका माओवादी र एमालेबीच प्रदेशसभाको सभामुख र मुख्यमत्रीको पद विभाजनलाई लिएर मनमुटाव सुरु भइसकेको छ ।

मुख्यमन्त्री एमालेको भए सभामुख माओवादीको र माओवादीको मुख्यमन्त्री भए सभामुख एमालेको हुने एमाले र माओवादीबीच भएको सहमतिलाई एमालेले लत्याउन थालेपछि प्रचण्ड तर्किन थालिसकेका छन् । पार्टी एकीकरण प्रकृया तीव्र रुपमा अघि बढाउने बेलामा प्रचण्ड शनिबार महत्वपूर्ण काम भन्दै अण्डा व्यवसायीको कार्यक्रममा सम्बोधन गर्न चितवन पुगे र देशको लागि छुट्टै कदम चाल्न पनि तयार रहेको अभिव्यक्ति दिए । पूर्व शर्त अनुसार एमाले नचलेपछि माओवादीबीच खैलाबैला सुरु भइसकेको छ ।

२ नं. प्रदेशमा मधेशवादी सरकार बनाउने भएपछि बाँकी ६ वटा मध्य ४ वटामा एमालेको मुख्य मन्त्री बनाउँदा अरु दुई वटामा माओवादीको बनाउने सहमति अनुसार माओवादीले प्रदेश ६ र ७ मा आफ्नो मुख्य मन्त्री छानिसक्यो भने प्रदेश १, ३, ४ र ५ मा एमालेले । त्यसो हुँदा अब यी चार प्रदेशमा सभामुखको भाग माओवादीलाई दिइनुपर्ने हो तर एमालेले त्यसो नगर्ने संकेत देखाइसकेको छ । हिजो भएको प्रदेश नं. ३ को सभामुख तथा उपसभामुखको निर्वाचनमा एमालेले माअ‍ोवादीकी राधिका तामाङलाई उपसभामुखमा थन्काइदियो भने बाँकी प्रदेशको सभामुखको लागि पनि आफ्ना उम्मेदवार खडा गरिसकेको बुझिएको छ ।

सम्बन्धित समाचार

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७४ माघ २९, ०८: ४८

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७४ माघ २९, ०८: ४८

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०७४ माघ २९, ०८: ४८

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...