काठमाडौं । लामो समयदेखि पार्टी एकीकरण गर्ने प्रयासमा रहेको एमाले र माओवादी पार्टीबीचको एकता तुहिने संकेत देखिएको छ । यो संकेत अरु कसैले नभएर एमालेले नै देखाएको हो । ७० र ३० को भागवण्डा गरेका माओवादी र एमालेबीच प्रदेशसभाको सभामुख र मुख्यमत्रीको पद विभाजनलाई लिएर मनमुटाव सुरु भइसकेको छ ।
मुख्यमन्त्री एमालेको भए सभामुख माओवादीको र माओवादीको मुख्यमन्त्री भए सभामुख एमालेको हुने एमाले र माओवादीबीच भएको सहमतिलाई एमालेले लत्याउन थालेपछि प्रचण्ड तर्किन थालिसकेका छन् । पार्टी एकीकरण प्रकृया तीव्र रुपमा अघि बढाउने बेलामा प्रचण्ड शनिबार महत्वपूर्ण काम भन्दै अण्डा व्यवसायीको कार्यक्रममा सम्बोधन गर्न चितवन पुगे र देशको लागि छुट्टै कदम चाल्न पनि तयार रहेको अभिव्यक्ति दिए । पूर्व शर्त अनुसार एमाले नचलेपछि माओवादीबीच खैलाबैला सुरु भइसकेको छ ।
२ नं. प्रदेशमा मधेशवादी सरकार बनाउने भएपछि बाँकी ६ वटा मध्य ४ वटामा एमालेको मुख्य मन्त्री बनाउँदा अरु दुई वटामा माओवादीको बनाउने सहमति अनुसार माओवादीले प्रदेश ६ र ७ मा आफ्नो मुख्य मन्त्री छानिसक्यो भने प्रदेश १, ३, ४ र ५ मा एमालेले । त्यसो हुँदा अब यी चार प्रदेशमा सभामुखको भाग माओवादीलाई दिइनुपर्ने हो तर एमालेले त्यसो नगर्ने संकेत देखाइसकेको छ । हिजो भएको प्रदेश नं. ३ को सभामुख तथा उपसभामुखको निर्वाचनमा एमालेले माअोवादीकी राधिका तामाङलाई उपसभामुखमा थन्काइदियो भने बाँकी प्रदेशको सभामुखको लागि पनि आफ्ना उम्मेदवार खडा गरिसकेको बुझिएको छ ।
काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...
काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...
जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...