
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ ।
सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शीघ्र बोलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकपछि प्रमुख सचेतक बासना थापाले उक्त निर्णयबारे जानकारी दिएकी हुन् ।
बैठकले अदालतमा बिचौलियासँगको मिलेमतोमा मुद्दाको फैसला प्रभावित पार्न सेटिङ गरिएको भनिएको प्रकरणको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नसमेत माग गरेको छ ।
उक्त प्रकरणमा न्यायालय, सरकार प्रमुख तथा प्रहरीसमेतको नाम जोडिएकाले सरकारी निकायबाट हुने छानबिन निष्पक्ष र विश्वसनीय हुनेमा आशंका रहेको थापाले बताइन् । त्यसैले घटनाको सत्यतथ्य सार्वजनिक गर्न संसद्बाटै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको धारणा रहेको उनले स्पष्ट पारिन् ।
यसैबीच, बैठकमा प्रेस स्वतन्त्रताको संरक्षण तथा न्यायालय र संवैधानिक निकायहरूको स्वतन्त्रता एवं स्वायत्तता अक्षुण्ण राख्ने विषयमा समेत छलफल भएको प्रमुख सचेतक थापाले जानकारी दिइन् ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहको चेतावनीयुक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । सोमबार साँझ...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण बुझाएको छ ।...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाजले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई...