
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण बुझाएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचन आयोगका सचिव कृष्ण प्रसाद काप्रीलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन् । सो सँगै नेपाली कांग्रेसको विधान संशोधन सम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज ,समसामयिक राजनीतिक दस्तावेज, महाधिवेशनको निर्णय बुझाएका हुन् ।
निर्वाचन आयोगमा केन्द्रीय कार्यसमिति अद्यावधिकसम्बन्धी विवरण बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको विधान, संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न भएको र त्यसबाट निर्वाचित नयाँ कार्यसमितिलाई आयोगमा अद्यावधिक गर्न आएको बताए ।

उनले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रिय कार्यसमितिमा परिवर्तन भएपछि निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरे । सोही व्यवस्था अनुसार गगन थापाको सभापतित्वमा निर्वाचित कार्यसमितिको विवरण बुझाइएको उनको भनाइ छ ।
महामन्त्री पौडेलले कांग्रेसको १५ औँ महाधिवेशन विधिवत् रूपमा सम्पन्न भएको दाबी गर्दै महाधिवेशनमा व्यापक सहभागिता र उत्साह देखिएको बताए ।
आठ महिनाको अवधिमा दुईवटा महाधिवेशन सम्पन्न गरेको उल्लेख गर्दै उनले विशेष महाधिवेशनपछि नियमित महाधिवेशन गरिएको र सबैलाई प्रतिस्पर्धामा सहभागी हुने वातावरण निर्माण गरिएको बताए।


काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहको चेतावनीयुक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । सोमबार साँझ...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाजले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई...
काठमाडौं : जापानका लागि नेपालको प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा...