
काठमाडौं । भारतको नयाँ दिल्लीमा नेपाल–भारत व्यापार मञ्च सम्पन्न भएको छ। कार्यक्रममा दुवै देशका उद्योगी, व्यवसायी तथा उच्च सरकारी अधिकारीहरूले द्विपक्षीय व्यापार, लगानी र आर्थिक सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसाद, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, भारतीय उद्योग परिसंघका उपाध्यक्ष डा. विक्रमजित सिंह सहनी तथा लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्ग्की युक्याव शेर्पालगायतको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सुशासन र आर्थिक सुधारमार्फत मुलुकमा दिगो विकास तथा आर्थिक समृद्धि हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले नेपालमा ऊर्जा, पर्यटन, कृषि, उत्पादन तथा डिजिटल अर्थतन्त्रका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै भारतको यातायात तथा सूचना प्रविधि क्षेत्रको अनुभवबाट लाभ लिँदै आर्थिक सहकार्य अघि बढाउन नेपाल इच्छुक रहेको धारणा व्यक्त गरे।
भारतीय लगानीकर्तालाई नेपाली निजी क्षेत्रसँग सहकार्य गरी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने उद्योगहरूमा लगानी विस्तार गर्न पनि उनले आग्रह गरे।
त्यसैगरी, भारतीय राज्यमन्त्री जितिन प्रसादले पर्यटन, ऊर्जा, व्यापार तथा लगानीलगायत दुवै देशलाई लाभ पुग्ने क्षेत्रमा साझेदारी बढाउनुपर्ने बताए। उनले नेपाल–भारतबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड दिए।
मञ्चमा सहभागी दुवै देशका उद्योगी तथा व्यवसायीहरूले लगानीका सम्भावना, व्यापार प्रवर्द्धन र आर्थिक साझेदारीका विषयमा आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रमका क्रममा विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य तथा आर्थिक साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्रमा समेत हस्ताक्षर भएको जनाइएको छ।
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–केन्द्र खास्तापमा भएको भीषण आगलागीबाट घर, पसल तथा होटल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।...
काठमाडौँ । टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ जलवायु सम्मेलन जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा निष्कर्षविहीन...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले...