
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ ।
गत मंगलबारदेखि सुरु भएको बैठक आज बिहान ८ः३० बजेदेखि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिइएको छ ।
बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन् । बोल्ने क्रम अझै नसकिएकाले बैठक आज पनि जारी रहने बताइएको छ ।
बिहीबारको बैठकले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई समेत हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको थियो । कांग्रेसले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
त्यस्तै, होल्डिङ सेन्टरको समन्वय तथा सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन् ।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ ।...
काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले पार्टी संगठनलाई पदमुखीभन्दा काममुखी बनाउनुपर्नेमा जोड दिएकी छन् । आन्तरिक...
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र देखिएका मतभेद र नेतृत्व परिवर्तनका बहसलाई पूर्वाग्रहरहित ढंगले सम्बोधन गर्न आग्रह...