
काठमाडौं । जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको समूह चरणका खेल सम्पन्न भएसँगै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने टोलीहरूको टुङ्गो लागेको छ ।
महिला बास्केटबलतर्फ फूल कोर्ट र थ्री बाइ थ्री दुवै विधाका क्वार्टरफाइनल खेल आज शुक्रबार सञ्चालन हुँदैछन् ।
सुर्खेतमा हुने फूल कोर्टतर्फको पहिलो क्वार्टरफाइनलमा बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपीएफ) र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि बिहान १० बजे सुदूरपश्चिम र लुम्बिनी, ११ बजे कोशी र नेपाल प्रहरी तथा दिउँसो १२ बजे नेपाली सेना र बागमती प्रदेश आमनेसामने हुनेछन् ।
त्यस्तै, थ्री बाइ थ्रीतर्फ दिउँसो १:३० बजे नेपाली सेना र गण्डकी प्रदेश, १:५० बजे बागमती र लुम्बिनी, २:१० बजे सुदूरपश्चिम र एपीएफ तथा २:३० बजे नेपाल प्रहरी र कर्णाली प्रदेशबीच क्वार्टरफाइनल भिडन्त हुनेछ ।
सबै खेल कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुनेछन् । क्वार्टरफाइनलमा विजयी हुने टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले सिम्रन खड्कासँग विवाह गरेका हुन्...
कर्णाली । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशले फराकिलो जित निकालेका...
सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ। आज पुरुष फुटबल, महिला क्रिकेट, महिला बास्केटबल, टेनिस...