ट्रम्पको बजेटमा सहमती – Naya Bikalpa
June 10, 2026, Wednesday      Epaper

ट्रम्पको बजेटमा सहमती

अमेरिकामा रिपब्लिकन र डेमोक्रेटबीच बजेटमा सहमति भएको छ । रिपब्लिकनका सिनेट नेता म्याकलन र उनको डेमोक्रेटिक समकक्षी चक सुमरबीच बजेट ल्याउने ऐतिहासिक सहमति भएको हो । किनकी विपक्षी डेमोक्रेटिक पार्टीले डोनाल्ड ट्रम्पको आप्रवासन नीतिको विरोध गर्दै यसअघि बजेटमा बाधा पु¥याएको थियो ।

बजेट खर्च गर्ने बाटो नखुल्दा कर्मचारीहरुलाई बेतलवी विदा दिइएको थियो ।
तर गत जनवरीमा आप्रवासन नीति परिवर्तन गर्ने सर्तमा डेमोक्रेट सांसदहरुले सरकारलाई दुई हप्ताका लागि मात्र खर्च चलाउन अस्थायी बिलको अनुमति दिएका थिए । दुई हप्ते समयसीमा बिहीबार रातिबाट सकिने भएपछि बजेट सम्बन्धी नयाँ सहमति आवश्यक थियो । रिपब्लीकन र डेमोक्रेटबीच भएको पछिल्लो सहमतिले अमेरिकी जनताले राहत महसुस गरेका छन् ।

सहमतिअनुसार २ वर्षको लागि बजेट ल्याउन अमेरिकी सरकारले पाएको छ र सो समयसीमा भित्रै आप्रवासन नीति सम्बन्धि विगतको निर्णय सच्याउनुपर्ने छ । ह्वाइट हाउसका संसदीय मामिला प्रमुख मार्कले बजेट प्याकेजमा ३ सय विलियन डलरले वृद्धि भएको बताएका छन् । रक्षामा ८० विलियन डलर र घरेलु खर्चमा ६३ विलियन डलरले वृद्धि भएको बताइएको छ ।

सम्बन्धित समाचार

फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
  • २०७४ माघ २९, ०९: २५

काठमाडौँ ।  फिलिपिन्समा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकाको भूगर्भ सर्वेक्षण संस्थाका अनुसार भूकम्प जमिनको सतहबाट करिब...

अमेरिका–इरान तनाव चुलिँदै, राडार केन्द्रमा आक्रमण र क्षेप्यास्त्र अवरोधको दाबी
अमेरिका–इरान तनाव चुलिँदै, राडार केन्द्रमा आक्रमण र क्षेप्यास्त्र अवरोधको दाबी
  • २०७४ माघ २९, ०९: २५

काठमाडौँ । अमेरिका र इरानबीचको तनाव झनै बढ्दै गएको छ। अमेरिकी सेनाले इरानका तटीय राडार केन्द्रहरूमा आक्रमण गरेको दाबी गरेको...

इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्तिम संस्कार जुनमा हुने
इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्तिम संस्कार जुनमा हुने
  • २०७४ माघ २९, ०९: २५

काठमाडौँ । अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएका इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको निधन भएको तीन...