आमरण अनसनरत डाक्टर गाेबिन्द केसीकाे स्वास्थ्य अवस्था थप जटिल – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

आमरण अनसनरत डाक्टर गाेबिन्द केसीकाे स्वास्थ्य अवस्था थप जटिल


नयाँ विकल्प,

काठमाडाैं- चिकित्सा क्षेत्रको सुधारका विभिन्न माग राख्दै २४ दिनदेखि आमरण अनशनरत चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। केसीकाे उपचारमा संलग्न चिकित्सक डा‌‌‌. सुवास प्रसाद आचार्य अनुसार रक्तचापको स्थिति एकदमै जटिल अवस्थामा पुगेकाे छ ।केसीलाइ निरन्तर अक्सिजन दिइए पनि उनी बोल्न नसक्ने अवस्थामा पुगेका छन्।

उनको रक्तचाप घटेर ७०-५० मा पुगेको छ। डा. केसीलाई आईसियूमा सार्ने तयारी गरे पनि उनले आईसियूमा जान मानेका छैनन् । डा केसीको रगतमा डब्लुबिसीको मात्रा निकै कम भएको, सुगरको मात्रा पनि कम भएको र पोटासियमलगायतका अत्यावश्यकतत्व पनि कम उपचारमा संलग्न डाक्टरहरूले बताएका छन्।

सरकारले डाक्टर केसीले उठाएका माग पुरागर्ने तर्फ गम्भीरता देखाएकाे छैन, । सत्तारूढ नेकपा सचिवालयकाे मंगलबारकाे बैठकले अनशन अन्त्य गर्न आग्रह गरे पनि माग सम्बाेधनकालागि कुनै ठाेस निर्णय गरेकाे छैन् । डा. केसीले आफुले उठाएका माग पूरा नभएसम्म अनशन नतोड्ने अडान दाेहाेर्याएका छन्।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २१, १३: १४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन २१, १३: १४

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २१, १३: १४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...