
नयाँ विकल्प,
काठमाडाैं- चिकित्सा क्षेत्रको सुधारका विभिन्न माग राख्दै २४ दिनदेखि आमरण अनशनरत चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। केसीकाे उपचारमा संलग्न चिकित्सक डा. सुवास प्रसाद आचार्य अनुसार रक्तचापको स्थिति एकदमै जटिल अवस्थामा पुगेकाे छ ।केसीलाइ निरन्तर अक्सिजन दिइए पनि उनी बोल्न नसक्ने अवस्थामा पुगेका छन्।
उनको रक्तचाप घटेर ७०-५० मा पुगेको छ। डा. केसीलाई आईसियूमा सार्ने तयारी गरे पनि उनले आईसियूमा जान मानेका छैनन् । डा केसीको रगतमा डब्लुबिसीको मात्रा निकै कम भएको, सुगरको मात्रा पनि कम भएको र पोटासियमलगायतका अत्यावश्यकतत्व पनि कम उपचारमा संलग्न डाक्टरहरूले बताएका छन्।
सरकारले डाक्टर केसीले उठाएका माग पुरागर्ने तर्फ गम्भीरता देखाएकाे छैन, । सत्तारूढ नेकपा सचिवालयकाे मंगलबारकाे बैठकले अनशन अन्त्य गर्न आग्रह गरे पनि माग सम्बाेधनकालागि कुनै ठाेस निर्णय गरेकाे छैन् । डा. केसीले आफुले उठाएका माग पूरा नभएसम्म अनशन नतोड्ने अडान दाेहाेर्याएका छन्।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...