विकासका एजेण्डा पहिलो प्राथमिकता
काठमाडौं । नयाँ राज्य पूर्नसंरचना अनुसार सातै प्रदेशमा सरकार गठन भएको छ । प्रदेश १ मा शेरधन राई, प्रदेश २ मा लालबाबु राउत, प्रदेश ३ मा डोरमणि पौडेल र प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ, ५ मा शंकर पोख्रेल, ६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश २ मा मधेशवादी दलको सरकार बनेको छ भने अन्य प्रदेशमा बामगठबन्धनको सरकार बनेको छ ।
प्रदेश १, ३, ४ र ५ मा एमालेको र ६ र ७ मा माओवादीको नेतृत्वमा सरकार गठन भएको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकतामा कुरा मिल्न नसक्दा मन्त्रिपरिषदले भने पुर्णत पाउन सकेको छैन । प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र विकासका एजेन्डलाई मुख्य प्राथमिकतामा राखेका छन् । मुख्यमन्त्रीहरुले प्रदेशलाई ग्रिन शहरदेखि लिएर युवा स्वरोजगार कार्यक्रमको घोषण समेत गरेका छन् । उनीहरुले आ–आफ्नो प्रदेश समृद्ध प्रदेशका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका जनाएका छन् ।
उनीहरुले प्रदेशमा अशिक्षा, गरिबीजस्ता साझा समस्यालाई समाधान गर्न जनताले दिएको जिम्मेवारी पूरा गर्ने बताएका छन् । सबै प्रदेशहरुमा मुख्यमन्त्रीहरु नियुक्त भएपश्चात सरकार गठन र को को मन्त्री बन्ने दौडधूप सुरु भएको हुन् प्रदेशहरुमा रौनक छाएको छ ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...