सातै प्रदेशमा सरकार गठन – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

सातै प्रदेशमा सरकार गठन

विकासका एजेण्डा पहिलो प्राथमिकता

काठमाडौं । नयाँ राज्य पूर्नसंरचना अनुसार सातै प्रदेशमा सरकार गठन भएको छ । प्रदेश १ मा शेरधन राई, प्रदेश २ मा लालबाबु राउत, प्रदेश ३ मा डोरमणि पौडेल र प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ, ५ मा शंकर पोख्रेल, ६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश २ मा मधेशवादी दलको सरकार बनेको छ भने अन्य प्रदेशमा बामगठबन्धनको सरकार बनेको छ ।

प्रदेश १, ३, ४ र ५ मा एमालेको र ६ र ७ मा माओवादीको नेतृत्वमा सरकार गठन भएको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकतामा कुरा मिल्न नसक्दा मन्त्रिपरिषदले भने पुर्णत पाउन सकेको छैन । प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र विकासका एजेन्डलाई मुख्य प्राथमिकतामा राखेका छन् । मुख्यमन्त्रीहरुले प्रदेशलाई ग्रिन शहरदेखि लिएर युवा स्वरोजगार कार्यक्रमको घोषण समेत गरेका छन् । उनीहरुले आ–आफ्नो प्रदेश समृद्ध प्रदेशका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका जनाएका छन् ।

उनीहरुले प्रदेशमा अशिक्षा, गरिबीजस्ता साझा समस्यालाई समाधान गर्न जनताले दिएको जिम्मेवारी पूरा गर्ने बताएका छन् । सबै प्रदेशहरुमा मुख्यमन्त्रीहरु नियुक्त भएपश्चात सरकार गठन र को को मन्त्री बन्ने दौडधूप सुरु भएको हुन् प्रदेशहरुमा रौनक छाएको छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७४ फाल्गुन ७, ०५: ४८

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७४ फाल्गुन ७, ०५: ४८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७४ फाल्गुन ७, ०५: ४८

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...